बुधबार, २८ असोज २०८३
बिहिबार, २८ फागुन २०८२ · समसामयिक
सुर्खेत, फागुन २९ । वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा मृत फेला परेकी १६ वर्षीया इनिशा विकको जबरजस्ती करणीपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पुष्टि भएरेको छ। जिल्ला अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टले इनिशाको जबरजस्ती करणीपछि मृत्यु भएको पुष्टि गरेको हाे।
घटनाको संवेदनशीलता र बढ्दो जनदबाबलाई ध्यानमा राख्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली सुर्खेत आइपुगेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुक्ष्म अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेपछि टोली वीरेन्द्रनगर पुगेको हो।
प्रहरीले हालसम्म १८ वर्षमुनिका चार जना किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने घटनास्थलबाट बरामद विद्युतीय सामग्रीहरू फरेन्सिक ल्याब पठाइएको छ।