logo-image

सोमबार, १८ जेठ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

शुक्रबार, ०८ फागुन २०८२ · समसामयिक

कैलालीको टीकापुर नगरपालिका–९ मोहना नदीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ८० मिलिग्राम सहित जानकी गाउँपालिका–३ लायकपुर शिविर बस्ने २५ वर्षीय उमेश साउद समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका–१ बस्ने २३ वर्षीय सन्तोष बिकलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
झापाको भद्रपुर नगरपालिका–५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका–२ फुलबारी टोल बस्ने २१ वर्षीय प्रकाश तामाङ समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
मोरङको कानेपोखरी गाउँपालिका–७ कानेपोखरी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ ट्याब्लेट र स्पास्पेन १६ ट्याब्लेट, सहित सोही गाउँपालिका–७ पच्चिस बिघे बस्ने २५ वर्षीय अमर लिम्बुलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
सिराहाको लहान नगरपालिका–१० ग्रामिण चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सुखिपुर नगरपालिका–८ घर भएकी २१ वर्षीया पिरती कुमारी चौधरी समेत ३ जनालाई  बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको प्र.२–०१–००१ प ४४०९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।   
कास्कीको पोखरा महानगरपालिका–१८ सौर्यखोलाबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन २ सय ३६ एम्पुल, डाइजेपाम २ सय ३५ एम्पुल र फेनारगन २ सय ३५ एम्पुल सहित सोही ठाउँ बस्ने ४१ वर्षीया दिपा भन्ने कुलमाया पाइजा समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको ग. प्र.०१–००१ प ५९१८ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ । 
बाँकेको नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम १७ ट्याब्लेट र ट्रामाडोल ३२ ट्याब्लेट सहित अछाम पन्चदेवल नगरपालिका–१ बस्ने ३१ वर्षीय जिवन बटाला समेत ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ सोलामारी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९ ट्याब्लेट सहित सोही उपमहानगरपालिका–१३ बनस्पती बस्ने ३८ वर्षीय निर बहादुर भोलन समेत २ जनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पदमपोखरी समेतबाट खटिएको बा. प्र.०३–००५ प २४१३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।