logo-image

बुधबार, २८ असोज २०८३

अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ

आइतबार, १० फागुन २०८२ · समसामयिक

अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ

काठमाडौं महानगरपालिका–१६ बनस्थलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
 पक्राउ पर्नेहरूमा काठमाडौं ठमेल बस्ने मोरङ सुन्दरहरैँचा नगरपालिका–७ घर भएका २४ वर्षीय नितुन मगर र काठमाडौं बानेश्वर बस्ने ओखलढुंगा घर भएका २५ वर्षीय निश्चल कार्की रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


भरूवा बन्दुक बरामद
काठमाडौं, फागुन १०

म्याग्दीको धौलागिरी गाउँपालिका–७ ताकमस्थित ताकम सामुदायिक वनबाट भरूवा बन्दुक १ थान आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मुनाताकमबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 
प्युठानको मल्लरानी गाउँपालिका–३ लिखेपानीस्थित सडक छेउबाट भरूवा बन्दुक १ थान आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चुजाठाटीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


मृत अवस्थामा फेला
काठमाडौं, फागुन १०

काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित अरनिको स्कुल नजिक सडकमा काभ्रे घर भएका ३७ वर्षीय रोहित सार्की आइतबार मृत अवस्थामा फेला परेका छन् । 
भक्तपुरको भक्तपुर नगरपालिका–६ डेकोचा बस्ने ४२ वर्षीय प्रकाश नेपाली आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।