logo-image

बिहिबार, ३२ असार २०८३

अपराध

मङ्गलबार, २६ फागुन २०८२ · समसामयिक

अपराध

अवैध लागूऔषध सहित तीन जना पक्राउ
काठमाडौं, फागुन २६
बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट अवैध लागूऔषध गाँजा १२ किलो २ सय ३० ग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जीतपुर सिमरा उपमहानगरपालिका–१९ ईनर्वा सिरहा बस्ने ३५ वर्षीय फिरोज देवान र रौतहट गौर नगरपालिका–९ बस्ने १९ वर्षीय तरबेज आलम रहेका छन् । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले ग.६ प ८८५१ नम्बरको मोटरसाइकलमा सवार फिरोजलाई ६ किलो ४ सय ५० ग्राम र मधेश प्रदेश ०३–०३८ प १२०९ नम्बरको मोटरसाइकलमा सवार तरबेजलाई ५ किलो ७ सय ८० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।
चितवनको भरतपुर महानगरपालिका–१८ लाहुरेचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २० ट्याब्लेट सहित सोही महानगरपालिका–२३ जगतपुर बस्ने २९ वर्षीय सोम पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल बरामद
नवलपरासी पश्चिम, फागुन २६
प्रतापपुर गाउँपालिका–५ छोटकी बैदौलीस्थित खेतबाट कटुवा पेस्तोल १ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


डुबेर मृत्यु
सप्तरी, फागुन २६
राजबिराज नगरपालिका–७ स्थित सर्वजानिक पल्टुदास पोखरीमा डुबेर सोही नगरपालिका–३ बस्ने २७ वर्षीय बौवा दासको मंगलबार बिहान मृत्यु भएको छ । 
डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सप्तरी, वडा प्रहरी कार्यालय राजबिराज समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


मृत अवस्थामा फेला
काठमाडौं, फागुन २६
बागलुङको बागलुङ नगरपालिका–३ गहते बाँझोखेतस्थित खेतमा पर्वत कुश्मा नगरपालिका–१ घर बताउने अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । 
महोत्तरीको बर्दिबास नगरपालिका–३ राजाबासमा सोही ठाउँ बस्ने २२ वर्षीय सुमन राना मगर मंगलबार मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको वेदकोट नगरपालिका–७ हजारास्थित सडकमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परका छन् । 
रूकुम पश्चिमको बाफिकोट गाउँपालिका–३ गरालागोठ बस्ने निराजन वलीको छोरीहरू १४ वर्षीया उर्मिला वली र १२ वर्षीया कल्पना वली सोही गाउँपालिका–३ भाग्लेस्थित सानीभेरी नदीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
दाङ, फागुन २६
घोराही उपमहानगरपलिका–११ खैरास्थित गेहेन्द्र बहादुर बस्नेतले संचालन गरेको गणपती भेनल उड तथा प्लाई उद्योगमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा करिब ४१ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा समाचार