शुक्रबार, ०४ वैशाख २०८३
सोमबार, २५ फागुन २०८२ · राजनीति
लामो विवादपछि अन्तत धनुषा १ मा निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृका यादवलाई आधिकारिकता प्रदान गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी शाह कालो सूचीमा परेको भन्दै उनको उम्मेदवारी खारेज भएको थियो। उनको उम्मेदवारी खारेज भएपनि उनले राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चिन्हबाट सर्वाधिक २०,९१६ मत प्राप्त गरेका थिए भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृका यादवले ७४२८ मत प्राप्त गरेका थिए। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी एमाले का उम्मेदवार रामचन्द्र मण्डलले ६,६०५ मत प्राप्त गरेका थिए। उम्मेदवारी खारेजीको विवाद भएपछि यो विषय सर्वोच्च अदालतमा पुगेको छ।