बुधबार, ०३ असार २०८३
बुधबार, ०३ असार २०८३ · राजनीति
काठमाडौं, असार ३ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले डोजर चलाएर बेघरबार बनाएर सुकुम्बासीहरुलाई उनीहरु बसेको पुरानै ठाउँमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले डोजर आतंकबाट विस्थापित भएका सुकुम्बासीहरुले होल्डिङ सेन्टरमा खाना र पानीको समेत अभाव झेलिरहेको उल्लेख गर्दै उहाँले उनीहरुलाई राहत दिने र पुनर्वासको तत्काल व्यवस्था गर्न सरकारलाई सचेत गराउनु भयो । अध्यक्ष राईले सुुकुम्बासीहरुले आफूहरु पहिला बसेको ठाउँमा नै सिटी प्लान गरेर पुनर्वास गराउँदा राम्रो हुने भनेकाले सरकारले उक्त कुरा अनुसार नै काम गरे हुने अध्यक्ष राईको भनाई थियो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहले सीमा सम्बन्धि अभिव्यक्ति संसदको रेडर्कबाट नहटेसम्म आफूहरुको विोध संसदमा जारी रहने पनि स्पष्ट पार्नुभयो ।
अध्यक्ष राईले भन्नुभयो,‘प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ । र उहाँले आफनो कर्तव्यबोध गरेर संसदमा आएर हाम्रो केही प्रश्नहरुका उत्तर पनि दिनुहुनेछ । अर्को कुरा उहाँकै निर्देशनमा भन्ने हामीलाई जानकारी छ । सुकुम्बासी र अव्यवस्थित बसोबासीको बस्तीमा डोजर चलाएर उहाँहरुलाई बेघरबार बनाउनु भयो । बेहाल स्थिति छ । र अहिले कीर्तिपुरलगायतका राखिएका होल्डिङ सेन्टरहरुमा खाना, पानीको अभाव भएर त्यहाँ नेपाली नागरिकहरु नै हुुनुहुन्छ पक्कै पनि । मैले उहाँहरुले आन्दोलन गरिरहेका दृष्य हामीले देखिरहेका छौँ । त्यसतर्फ सरकारको तत्काल ध्यानाकर्षण होस् । राहत दिने ठाउँमा राहत र व्यवस्थित गर्नुपर्ने ठाउँमा व्यवस्थित लाग्नुपर्दछ । यसपालीको बजेटमा शहर व्यवस्थापन लगायतका विषयहरुमा बजेट छुटिएको देखिन्छ । त्यहाँबाट हुन्छ वा कसरी हुन्छ । पुनर्वासको व्यवस्था होस । र मेरो माग के छ भने उहाँहरु जहाँ हुनुहुन्थ्यो, त्यही एउटा राम्रो सिटी प्लान गरेर पुनर्वास गराउँदा सरकारको नै वाईवाई हुने थियो ।’
अध्यक्ष राईले सहर व्यवस्थापनका लागि विनियोजन गरेको बजेट सुकुम्बासीहरुको पुनर्वासका लागि खर्च गर्न सरकारलाई सुझाव पनि दिनुभयो । –न्युज एजेन्सी नेपाल