सोमबार, १२ असोज २०८३
सोमबार, १२ असोज २०८३ · समसामयिक
काठमाडौं, असोज १२ । शाओमी नेपालले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘शाओमी किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक र बम्पर उपहार जित्ने अवसर पाउनेछन् ।
कम्पनीका अनुसार योजनामा हरेक दिन ८ जना भाग्यशाली विजेताले २ हजार ४ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी बड्स ६ प्ले प्राप्त गर्नेछन् । त्यस्तै, हरेक साता १० जना विजेताले १० हजार ९ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी वाच ६ एक्टिभ पाउनेछन् । योजनाको बम्पर उपहारअन्तर्गत ४ जना भाग्यशाली विजेताले चार दिन पाँच रातको थाइल्यान्ड भ्रमण गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
योजनामा सहभागी हुन ग्राहकले नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गरी मोबाइलको आईएमईआई नम्बर +९७७ ९७०२६६५७९० मा ह्वाट्सएपमार्फत पठाउनुपर्नेछ। ग्राहकले आईएमईआई नम्बरअघि कम्पनीले तोकेको एमआई नम्वररुको ढाँचा प्रयोग गरी विवरण पठाउन सक्नेछन् । विजेताको छनोट लक्की ड्रमार्फत गरिनेछ भने विजेताको घोषणा शाओमी नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिने कम्पनीले जनाएको छ । यो योजना असोज ९ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ । योजनामा सहभागी हुने ग्राहकले कम्पनीले तोकेका नियम तथा सर्तहरू पालना गर्नुपर्नेछ ।
चाडपर्वको अवसरलाई थप विशेष बनाउने उद्देश्यले ल्याइएको योजनामार्फत शाओमी नेपालले मोबाइल खरिद गर्ने ग्राहकलाई आकर्षक उपहारसँगै विदेश भ्रमणको अवसरसमेत उपलब्ध गराउन लागेको हो ।
१६ वर्षमुनिका शिभाली र स्वस्तिका जापानको जोडीसँग पराजित
एक घण्टा अगाडि
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
२ घण्टा अगाडि