logo-image

मङ्गलबार, १३ असोज २०८३

सोफा स्टोरको ब्रान्ड एम्बेसडर बन्दै कुलब्वायले भने, हानिकारक उत्पादनलाई प्रवद्र्धन गर्दिन

सोमबार, १२ असोज २०८३ · मनोरञ्जन

सोफा स्टोरको ब्रान्ड एम्बेसडर बन्दै कुलब्वायले भने, हानिकारक उत्पादनलाई प्रवद्र्धन गर्दिन


काठमाडौ, असोज १२ । हामी नेपालीहरूको एउटा रमाइलो बानी छ– सानो चकलेट किन्न जाँदा पनि हामी एक्लै जाँदैनौँ, एउटा भरपर्दो साथी खोज्छौँ । व्यवसायको यात्रा पनि त त्यस्तै हो । बजारमा एक्लै कुदेर त केही दूरी पार गर्न सकिएला, तर देशैभरका ग्राहकको मन जित्दै लामो यात्रा तय गर्न एउटा दह्रो र लोकप्रिय साथीको साथ चाहिन्छ ।
विगत लामो समयदेखि ग्राहकलाई उच्च गुणस्तरका फर्निचर उपलब्ध गराएर बजारमा छुट्टै पहिचान बनाइसकेको ’सोफा स्टोर’ले यति बेला त्यस्तै एक भरपर्दो सहयात्री भेटाएको छ । देशैभर शाखा सञ्जाल बिस्तार गर्दै सुलभ मूल्यमा गुणस्तरीय सामान पु¥याउने आफ्नो महाअभियानलाई थप उचाइमा लैजान सोफा स्टोरले युवापुस्ता माझ निकै लोकप्रिय अभिनेता तथा टिकटक स्टार पारस बम ठकुरी (कुलब्वाय ) सँग हात मिलाउँदै ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
जडीबुटीस्थित मुख्य कार्यालयमा मिडियाकर्मीहरूको उपस्थितिबीच यी दुई उदीयमान शक्तिहरू १ वर्षका लागि व्यावसायिक रूपमा जोडिएका हुन् । यो सहकार्य केवल व्यापार बढाउनका लागि मात्र नभई उपभोक्ताप्रतिको जिम्मेवारी र गुणस्तरप्रतिको प्रतिबद्धता पनि रहेको सोफा स्टोरका सञ्चालक दीपेन्द्र धरेलले बताए ।
मिडियासामु पहिलो पटक ब्रान्ड एम्बेसडरका रूपमा प्रस्तुत हुँदा पारसले आफ्नो एउटा बलियो अडान स्पष्ट पारे । उनले भने, “म सधैँ उच्च गुणस्तर भएका र मानव स्वास्थ्य वा समाजलाई हानि नगर्ने ब्रान्डको मात्र प्रवद्र्धन गर्छु । हानिकारक कुराहरूको म कहिल्यै प्रचार गर्दिनँ । सोफा स्टोरको गुणस्तरमा म ढुक्क छु, त्यसैले यो सहकार्यमा बाँधिएको हुँ ।“
दसैँ, तिहार तथा छठ जस्ता नेपालीहरूका महान् चाडपर्वहरू नजिकिँदै छन् । यस्तो बेला धेरैजसो नेपालीहरू आफ्नो घरलाई नयाँ र आकर्षक फर्निचरले सजाउन चाहन्छन् । यही माहौललाई लक्षित गर्दै नवनियुक्त ब्रान्ड एम्बेसडर पारसले ग्राहकहरूलाई एक पटक सोफा स्टोरका शाखाहरूमा पुगेर उत्कृष्ट कलेक्सनहरू नियाल्न आग्रह गरेका छन् । 
पारसका अनुसार यो सम्बन्ध केवल एक वर्षको सम्झौता मात्र नभएर मिडिया, सोफा स्टोर र आम उपभोक्ताबीचको एउटा लामो र सुमधुर पारिवारिक यात्राको सुरुवात हो । उनले सोफा स्टोरका सञ्चालक धरेलको व्यावसायिक यात्राको प्रगतिको कामना गर्दै आगामी दिनमा यसले अझ धेरै नेपालीहरूलाई रोजगारीको अवसर दिने विश्वास समेत व्यक्त गरे । 
सोफा स्टोरका सञ्चालक धरेल आफैँमा एक उदीयमान र जुझारु व्यवसायी हुन् । एक्लै हिँडेर बजारमा ब्रान्डको बलियो जग बसाल्न सफल धरेल अब पारसको ऊर्जा र लोकप्रियताको साथ पाएपछि व्यवसायले नयाँ फड्को मार्नेमा पूर्ण रूपमा ढुक्क छन् । “हामी देशकै एउटा उदीयमान व्यवसायका रूपमा अघि बढिरहेका छौँ र पारसजी पनि युवापुस्तामा लोकप्रिय उदीयमान कलाकार हुनुहुन्छ,“ धरेलले खुसी व्यक्त गर्दै भने, “यो सहकार्यले हाम्रा सुलभ र गुणस्तरीय उत्पादनहरूलाई देशका कुना–कुनासम्म पु¥याउन ठुलो मद्दत गर्नेछ ।“
सामान्य देखि लक्जरी सामानहरू पाउने सोफा स्टोरमा आफ्नै कारखानामा उत्पादित फर्निचरका सबै सामानहरू उपलब्ध छन् । काठमाडौं उपत्यकामा जडीबुटी, महाराजगन्ज, भक्तपुर, चमाती र उपत्यकाबाहिर धनगढी र सुर्खेतमा सोफा स्टोरका बिक्री केन्द्रहरू रहेका छन् । सोफा स्टोरले करिब १ सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।
 

ताजा समाचार