बुधबार, ०७ असोज २०८३
बुधबार, ०७ असोज २०८३ · समसामयिक
काठमाडौं, असोज ७ । आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बीपी राजमार्गको निर्माणाधीन ‘ट्रयाक’ निर्माण कार्य केही दिनका लागि स्थगित गर्ने तयारी गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई ध्यानमा राखेर यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउन निर्माण कार्य अस्थायी रूपमा रोक्ने तयारी गरिएको बताएका छन्।
मन्त्रीले वर्षाका कारण सडकमा जोखिम बढ्न सक्ने भएकाले यात्राका क्रममा विशेष सतर्कता अपनाउन र अनावश्यक जोखिम नलिन सबैलाई आग्रह गरेका छन्। साथै, मौसम तथा सडकको अवस्थालाई ध्यानमा राखेर यात्रा गर्न अनुरोध गरिएको छ।
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
६ घण्टा अगाडि