बुधबार, ०७ असोज २०८३
बुधबार, ०७ असोज २०८३ · समसामयिक
काठमाडौं, असोज ७ । रौतहट जिल्लाको गौर नगरपालिका–४ टिकुलियाबाट असोज ७ गते ४७ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको मोवाईलका पार्ट्ससहित दुई वटा मोटरसाईकल नियन्त्रणमा लिईएको छ ।
सोही ठाउँमा रहेको एक स्थानीयको घरबाट उल्लेखित मूल्यको मोवाईल पार्ट्स सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहट र गौर भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो । सो ठाउँमा अवैध रुपले लुकाई छिपाई राखेको भन्ने सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा उक्त गणबाट सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको कमाण्डमा सशस्त्र प्रहरी तथा भन्सार कार्यालयको टोली खटिएको थियो । सो टोलीले उक्त घरबाट द्यच्(इब्ब्(घद्धटघ र द्यच्(घण्द्द(घद्दघढ नम्बरको दुई वटा मोटरसाईकल नियन्त्रणमा लिएको हो ।
बरामद मोवाईलका पार्ट्स तथा दुई वटै मोटरसाईकल आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ । बरामद मोवाईल पार्ट्सको ४७ लाख ७४ हजार ५ सय रुपैयाँ र दुई वटा मोटरसाईकलको २ लाख ४० हजार रुपैयाँसहित भन्सार दाखिला मूल्य ५० लाख १४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
६ घण्टा अगाडि