बिहिबार, ०८ असोज २०८३
बुधबार, ०७ असोज २०८३ · समसामयिक
काठमाडौ, असोज ७ । नेपाल बैंक लिमिटेडमा कार्यरत सम्पूर्ण कर्मचारीले आफ्नो तलब तथा पारिश्रमिकबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।
सरकारको यही भदौ ११ गतेको सचिवस्तरीय बैठकले यही भदौ १० गते रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्न आह्वान गरेको थियो । सोही आह्वानअनुसार नेपाल बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीको तलब तथा पारिश्रमिकबाट योगदानस्वरूप कट्टी गरी संकलन गरिएको ८४ लाख २० हजार आठ सय ६९ रुपैयाँ १३ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ । उक्त रकम यही असोज छ गते कोषमा जम्मा गरिएको हो ।
नेपाल बैंकले यसअघि पनि उक्त प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने उद्देश्यले दैनिक उपभोग्य खाद्य सामग्री तथा अन्य आवश्यक सामान उपलब्ध गराउँदै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ । बैंकले २०८३ भदौ ११ गते तीन करोड एक लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको थियो । बैंकका अनुसार विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले कर्मचारीको तलबबाट रकम संकलन गरी थप सहयोग गरिएको हो ।
इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने
२ घण्टा अगाडि
रास्वपा सांसदको प्रश्नः ‘कानून ठूलो कि नागरिकको ज्यान ?’
५ घण्टा अगाडि