logo-image

शुक्रबार, ०८ साउन २०८३

रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या, आरोपीमाथि स्थानीयको कुटपिट

शुक्रबार, ०८ साउन २०८३ · समसामयिक

रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या, आरोपीमाथि स्थानीयको कुटपिट

 

रौतहट, साउन ८ । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०/४५ वर्षीया रेनु देवी जयसवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब १०ः३० बजे बाराको करैयामाई गाउँपालिका–८ ईटहर बेलाही टोल घर भई हाल गुजरा नगरपालिका–५ हरिहरपुरमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले धारिलो हतियार (खुकुरी) प्रहार गरेका थिए।

घटनापछि आक्रोशित स्थानीयवासीले उपेन्द्रमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

ताजा समाचार