logo-image

बुधबार, २८ असोज २०८३

भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘जेलियो’ नेपाली बजारमा

बुधबार, २८ असोज २०८३ · समसामयिक

भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘जेलियो’ नेपाली बजारमा



काठमाडौं, असोन २८ ।  भारतको चर्चित इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘ जेलियो’ ले नेपाली बजारमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेको छ । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग र माग बढिरहेका बेला कम्पनीले आधुनिक, किफायती तथा वातावरणमैत्री यातायातको विकल्पसहित नेपाली बजारमा प्रवेश गरेको हो । 
गत असोज २६ गते सोमबार आयोजित एक कार्यक्रमबीच उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ‘ जेलियो’ इलेक्ट्रिक स्कुटरको पहिलो शोरुम उद्घाटन गरेका हुन् । उक्त ब्रान्डलाई नेपालमा गो ग्रिन बिजनेस एन्ड सोलुसन प्रा. लि.ले भित्र्याएको हो । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला ‘ जेलियो’ ले सर्वसाधारणको दैनिक आवागमनलाई सहज, किफायती र प्रविधिमैत्री बनाउने उद्देश्यसहित विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध गराएको जनाएको छ ।
कम्पनीका अनुसार ‘जेलियो’ इलेक्ट्रिक स्कुटरमा आकर्षक तथा आधुनिक डिजाइनका साथै दैनिक प्रयोगलाई ध्यानमा राखेर उच्च दक्षताको इलेक्ट्रिक मोटर, आधुनिक ब्याट्री प्रविधि, डिजिटल डिस्प्ले, आरामदायी राइडिङ, पर्याप्त स्टोरेज क्षमता तथा विभिन्न सुरक्षा सुविधाहरू समावेश गरिएका छन् ।  नेपालमा बढ्दो विद्युतीय सवारीसाधनको मागलाई लक्षित गर्दै कम्पनीले कम सञ्चालन खर्च, वातावरणमैत्री यात्रा र आधुनिक प्रविधिको अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । पेट्रोलबाट चल्ने सवारीसाधनको विकल्प खोजिरहेका उपभोक्ताका लागि इलेक्ट्रिक स्कुटर उपयोगी विकल्प बन्न सक्ने कम्पनीको विश्वास छ ।
‘जेलियो’ इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकका लागि कम्पनी तथा आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध मोडल र योजनाअनुसार फाइनान्स तथा एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइने जनाइएको छ । यसका साथै ग्राहकले स्कुटर खरिद गर्नुअघि टेस्ट राइड गर्न पाउनेछन् । बिक्रीपछिको सेवा, मर्मतसम्भार, स्पेयर पाट्र्स तथा आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधिका अनुसार नेपालमा विद्युतीय मोबिलिटीको प्रयोग बढ्दै गएको अवस्थामा ग्राहकको आवश्यकता, बजेट र दैनिक प्रयोगलाई ध्यानमा राखेर आधुनिक तथा किफायती इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने लक्ष्य राखिएको छ । “ग्राहकलाई गुणस्तरीय उत्पादनसँगै भरपर्दो सेवा र सहज फाइनान्सिङ सुविधा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो,” कम्पनीका प्रतिनिधिले भने । 
कम्पनीले आगामी दिनमा नेपालका विभिन्न प्रमुख सहरमा बिक्री तथा सेवा सञ्जाल विस्तार गर्ने योजना बनाएको छ। यसबाट विद्युतीय सवारीसाधनको पहुँच बढाउनुका साथै ग्राहकलाई स्कुटर खरिद, प्रयोग र मर्मतसम्भारमा थप सहजता हुने अपेक्षा गरिएको छ । ‘जेलियो’ इलेक्ट्रिक स्कुटरका विभिन्न मोडल, खरिद योजना तथा टेस्ट राइड सम्बन्धी थप जानकारीका लागि ग्राहकले नजिकको आधिकारिक शोरुममा सम्पर्क गर्न सक्नेछन् । 

ताजा समाचार