logo-image

शनिबार, ३१ असोज २०८३

कथा वाचिका राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ

बिहिबार, ०७ साउन २०८३ · समसामयिक

कथा वाचिका राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ

काठमाडौं, साउन ७ ।  सामाजिक सञ्जालमार्फत कथा वाचिका राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले केसीलाई बिहीबार काठमाडौँको जोरपाटीबाट नियन्त्रणमा लिएको हो।

साइबर ब्युरोका प्रवक्ता दलीप कुमार गिरीका अनुसार विद्युतीय अपराध (साइबर कसुर) सम्बन्धी मुद्दामा अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट एक दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

आफूलाई धर्मभित्रका गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताका रूपमा चिनाउँदै आएकी वेदिका केसी पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चामा थिइन्।