आइतबार, ०७ भदौ २०८३
आइतबार, ०७ भदौ २०८३ · समसामयिक
सप्तरी, भदौ ७ । सप्तरीको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकबाट अचानक हराएकी दुई वर्षीया बालिका रहस्यात्मक रूपमा मृत फेला परेकी छन्।
स्थानीय मोहम्मद इरफानकी छोरी खुसी खातुन आइतबार बिहान घरबाटै बेपत्ता भएकी थिइन्। बालिका बेपत्ता भएपछि चिन्तित बनेका परिवारजनले तत्कालै खोजीका लागि प्रहरीलाई खबर गरेका थिए।
प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले व्यापक खोजी गर्ने क्रममा ती बालिकालाई आफ्नै घरपछाडि रहेको झाडीमा मृत अवस्थामा फेला पारेको हो।
घटनास्थलको प्रकृति हेर्दा मृत्यु शङ्कास्पद देखिए पनि कारण भने खुल्न सकेको छैन। घटनाको वास्तविक तथ्य पत्ता लगाउन थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।