logo-image

सोमबार, १८ जेठ २०८३

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सोमबार, १८ जेठ २०८३ · समसामयिक

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, जेठ १८ । कपिलवस्तुको महाराजगंज नगरपालिका–६ स्थित सडकमा तौलिहवा बहादुरगंजबाट तौलिहवातर्फ जाँदै गरेको लु. ३६ प १९९४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया सबिता रैदासको आइतबार राति मृत्यु भएको   छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ । 

कास्कीको पोखरा महानगरपालिका–८ न्युरोड महानगरपालिका अगाडि सडकमा ग. १० प ८१४० नम्बरको स्कुटर र ग. १८ प ९८८१ नम्बरको मोटरसाइकल आइतबार दिउँसो एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका–२६ माझठाना बस्ने १७ वर्षीय सिजन तिवारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा समाचार