logo-image

बुधबार, ०६ साउन २०८३

दाङको तुलसीपुरमा निर्माणाधीन घरको पानीट्यांकीभित्र निस्सासिएर दुई दाजुभाइको मृत्यु

बुधबार, ०६ साउन २०८३ · समसामयिक

दाङको तुलसीपुरमा निर्माणाधीन घरको पानीट्यांकीभित्र निस्सासिएर दुई दाजुभाइको मृत्यु

दाङ, साउन ६ । दाङको तुलसीपुर उपमहानगरपालिका–६, रजौरामा निर्माणाधीन घरको पानीट्यांकीभित्र निस्सासिएर दुई दाजुभाइको मृत्यु भएको छ।

घर निर्माणका क्रममा पानीट्यांकीको सेट्रिङ (काठ-फर्मा) खोल्न भित्र पसेका उनीहरूको अक्सिजनको कमी भई निस्सासिएर ज्यान गएको हो।

घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले घट्नास्थल पुगेर दुवै जनाको शव संकलन गर्नुका साथै घटनाको आवश्यक अनुसन्धान सुरु गरेको छ।