मङ्गलबार, ०१ मंसिर २०८३
शुक्रबार, १३ कात्तिक २०८३ · मनोरञ्जन
काठमाडौं, कात्तिक १३ । टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा टिकटकका कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन प्लेटफर्मले चालेका कदमहरूको उल्लेख छ । यसले सुरक्षित र विश्वसनीय डिजिटल वातावरण निर्माण गर्ने टिकटकको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।
नेपालमा उक्त तीन महिनाको अवधिमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका २०,३६,१९१ वटा भिडियो हटाएको छ। यो नेपालमा प्रकाशित कुल भिडियोको ०.४% हो । प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरी हटाइएका भिडियोको दर ९९.५ % रहेको छ । त्यस्तै, गाइडलाइन्स उल्लङ्घन गरेका ९२.३% भिडियो २४ घण्टाभित्र हटाइएका छन्। थप समीक्षा गरेपछि ३३,५०३ वटा भिडियो पुनःस्थापना गरिएका छन् ।
टिकटकले विश्वव्यापी रूपमा १८८,२९८,१४१ वटा भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५ % हो । तीमध्ये १८३,३४४,७०७ वटा भिडियो अटोमेटेड डिटेक्सन टेक्नोलोजीको प्रयोगबाट हटाइएका हुन् । विश्वव्यापी रूपमा प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै कन्टेन् पहिचान गरी हटाउने दर ९९.५% रहेको छ भने ९२.७% भिडियो २४ घण्टाभित्र हटाइएका छन् । समीक्षा गरेपछि कुल ६,२६२ ,३८३ वटा भिडियो पुनःस्थापना गरिएका छन् ।
टिकटकले प्रयोगकर्ता एकाउन्टको स्तरमा पनि प्लेटफर्मको विश्वसनीयता कायम राख्न निरन्तर काम गरेको छ । यस अवधिमा १४६,८०७,४०० वटा फेक एकाउन्ट हटाइएको छ । यसका अतिरिक्त, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको हुन सक्ने आशङ्का गरिएका २६,८४०,७६७ वटा एकाउन्ट पनि हटाइएका छन् । कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै २७८,३८४,४६३ वटा कमेन्टसमेत हटाइएको छ । टिकटकले लाइभ फिचरमा हुने गतिविधिको निगरानी र नियम कार्यान्वयनलाई पनि प्राथमिकतामा राखेको छ । प्रकाशित सामग्रीमध्ये २.४ % लाइभ कन्टेन्ट निलम्बन गरिएको छ । नियम उल्लङ्घनको कारबाहीस्वरूप टिकटकले ७६,७२१,०९३ वटा लाइभ सेसन र २६,७८१,१३५ जना लाइभ क्रिएटरलाई चेतावनी दिएको वा उनीहरूबाट आम्दानी गर्ने सुविधा हटाएको छ । समीक्षा गरेपछि २,३९८,८४६ वटा लाइभ सेसन पुनःस्थापना गरिएका छन् ।
यी नतिजाले ठूलो परिमाणमा नियम उल्लङ्घन गर्ने सामग्री पहिचान गर्न अटोमेटेड मोडरेसन सिस्टमको भूमिका बढ्दै गएको देखाउँछन् । क्रिएटर र कम्युनिटीका लागि सुरक्षित तथा सकारात्मक वातावरण कायम राख्न टिकटकले यस्ता प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
टिकटकले नियमित रूपमा कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गर्दै आएको छ। यसले कम्पनीको पारदर्शिताप्रतिको प्रतिबद्धता झल्काउँछ ।