बुधबार, १० असार २०८३
बुधबार, १० असार २०८३ · समसामयिक
काठमाडौं, असार १० । काठमाडौंको १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने कैलाली घोडाघोडी नगरपालिका–१० घर भएका २२ वर्षीय गणेश विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गणेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पर्वतको १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फलेवास नगरपालिका–९ ओख्रेनी बस्ने ६८ वर्षीय बल बहादुर पौडेल क्षेत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । बल बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वत समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
इलामको २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका–३ माझगाउँ सिंहमाई टोल बस्ने ६० वर्षीय माईला भन्ने बुद्ध प्रकाश राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । बुद्ध प्रकाशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।