आइतबार, १४ भदौ २०८३
आइतबार, १४ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ १४ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–काठमाडौं सडकखण्डमा पर्ने कृष्णभीरमा सडक पूर्ण रूपमा भासिएको छ ।
लामो समयदेखि पहिरोको जोखिममा रहेको उक्त क्षेत्रमा सडकको ठूलो हिस्सा भासिएर ध्वस्त भएको हो । सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सडक विभागले यसको प्राविधिक अध्ययन प्रक्रिया अगाडि बढाएको छ । विभागको प्राविधिक टोलीले सो स्थानको भौगोलिक अवस्था र सडक भासिनुको कारणबारे विस्तृत अध्ययन शुरु गरेको जनाएको छ । अध्ययनबाट प्राप्त हुने निष्कर्षका आधारमा सडकको पुनःनिर्माण तथा मर्मत कार्यलाई अगाडि बढाइने विभागले उल्लेख गरेको छ । सडक भासिएका कारण सो क्षेत्रमा यातायात आवागमन समेत प्रभावित भएको छ । भदौ १० गते रसुवा हुँदै आएको भोटेकोशी बाढी र धादिङ त्रिशूली नदीको कटानका कारण सडक पूर्ण रुपमा क्षतिग्रस्त भएको हो । –न्युज एजेन्सी नेपाल