शनिबार, ३१ असोज २०८३
सोमबार, ०४ साउन २०८३ · समसामयिक
काठमाडौं, साउन ४ । हप्तामा दुई दिन बिदा दिने नीतिको कार्यान्वयनपछि विद्यमान सार्वजनिक बिदाहरूको पुनरावलोकन गर्न सरकारले कार्यदल गठन गरेको छ।
मुख्य सचिव र सचिवहरूको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। कार्यदलमा प्रधानमन्त्री कार्यालय, भूमि व्यवस्था, सङ्घीय मामिला र अर्थ मन्त्रालयका प्रतिनिधिहरू रहेका छन्।
साथै, बैठकले साउन ८ गतेभित्र प्रधानमन्त्री र मन्त्रीहरूबीच हुने कार्यसम्पादन सम्झौताको मस्यौदा तयार पार्न मन्त्रालयहरूलाई निर्देशन दिएको छ। चालु आर्थिक वर्षका विधेयक मस्यौदा छिटो तयार गर्ने र कार्यसम्पादनमा बाधा पुर्याउने पुराना तथा असान्दर्भिक कानुन खारेज गर्ने प्रक्रिया अघि बढाउने निर्णय समेत भएको छ।