logo-image

बिहिबार, ३२ असार २०८३

विवादको ५० दिनपछि सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथ!

मङ्गलबार, २६ जेठ २०८३ · समसामयिक

विवादको ५० दिनपछि सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथ!

काठमाडौं, जेठ २६ ।  विवादमा परेर राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त भएका छन्। उनलाई आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा शपथ गराउने गरी प्रधानमन्त्री कार्यालयले पत्राचार गरिसकेको छ।

यसअघि, व्यापारी दीपक भट्टसँगको साझेदारी र बिमा कम्पनीको सेयर खरिदमा रकमको स्रोत नखुलेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। चौतर्फी आलोचना भएपछि उनले निष्पक्ष छानबिनका लागि भन्दै गत वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए।

त्यसपछि सरकारले उनीमाथि लागेका आरोपहरूको अनुसन्धान गर्न एउटा छानबिन समिति गठन गरेको थियो। उक्त समितिले गुरुङलाई वित्तीय अनियमिततामा 'क्लिन चिट' दिएपछि उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउन लागिएको हो।