logo-image

बिहिबार, ३२ असार २०८३

कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ

बिहिबार, ३२ असार २०८३ · समसामयिक

कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
 
 

लमजुङ, असार ३२ । कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोर्दी गाउँपालिका-१ बस्ने ३० वर्षीय बिजय लामिछाने र चितवन भरतपुर महानगरपालिका-२१ बस्ने ४३ वर्षीय दिपक विश्वकर्मा रहेका छन् । 

बेसीशहर नगरपालिका-८ तामाङ टोल शेरा बस्ने ५७ वर्षीय बुद्धि बहादुर बोहरा असार २५ गते सोही नगरपालिका-१ आकाशेडाँडा माथि भिरपानी सामुदायिक वनमा मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय लमजुङ समेतबाट खटिएको प्रहरीले बिजयलाई पक्राउ गरी सोधपुछ गर्दा बुद्धि बहादुरलाई काठको दाउरा प्रहार गरी हत्या गरेको एवम् मृतकले लगाएको सुनको सिक्री र औंठी चोरी गरेको खुल्न आएको थियो । साथै बिजयले उक्त सुनको सिक्री र औंठी चितवन भरतपुर महानगरपालिका-२१ स्थित दिपकले संचालन गरेको मौलाकालिका सुनचाँदी पसलमा बिक्री गरेको खुल्न आएपछि प्रहरीले उक्त पसल तलासी गर्दा चोरी भएको सुनको सिक्री र औंठी फेला पारी दिपकलाई समेत पक्राउ गरेको हो । 

उनीहरू उपर कर्तव्य ज्यान तथा डाँका चोरी सम्बन्धी कसुरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा समाचार