logo-image

बुधबार, २७ साउन २०८३

नेपाल मोबिलिटी एक्स्पोमा सिद्धार्थ बैंकको विशेष कर्जा अफर, ०.५ प्रतिशत सेवा शुल्कमै सवारी कर्जा

बुधबार, २७ साउन २०८३ · समसामयिक

नेपाल मोबिलिटी एक्स्पोमा सिद्धार्थ बैंकको विशेष कर्जा अफर, ०.५ प्रतिशत सेवा शुल्कमै सवारी कर्जा



काठमाडौं, साउन २७ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को आयोजनामा भइरहेको नाडा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा बैंकिङ पार्टनर सिद्धार्थ बैंक लिमिटेडले ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ । 
एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकले शुन्य दशमलव पाँच प्रतिशत मात्र सेवा शुल्कमा कर्जा सुविधा पाउने बैंकले जनाएको छ । त्यस्तै, कर्जाको ब्याजदर आधार दरमा वार्षिक थप एक प्रतिशत प्रिमियम कायम हुने बैंकले जनाएको छ । बैंकका अनुसार यो विशेष योजना २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म अर्थात् अगस्ट ११ देखि १६, २०२६ सम्म सञ्चालन भइरहेको नाडा नेपाल मोबिलिटी एक्स्पो २०२६ अवधिभर लागू हुनेछ ।
सवारी साधन खरिद गर्न इच्छुक ग्राहकले एक्स्पोमा सहभागी भई सिद्धार्थ बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नेछन् । योजनामार्फत ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराई आवश्यकता अनुरूपको सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकको विश्वास छ । 
विशेष कर्जा योजनासम्बन्धी थप जानकारीका लागि ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन् ।