logo-image

आइतबार, २१ भदौ २०८३

ठमेलमा युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा सालिन साह पक्राउ, हुलिया बदलेर भाग्ने प्रयास

आइतबार, २१ भदौ २०८३ · समसामयिक

ठमेलमा युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा सालिन साह पक्राउ, हुलिया बदलेर भाग्ने प्रयास

काठमाडौं, भदौ २१ । काठमाडौंको ठमेलमा भदौ १८ गते पैदल हिँडिरहेकी युवतीलाई दुर्व्यवहार गरेको आरोपमा कलंकीका सालिन साह पक्राउ परेका छन्। 

युवतीलाई 'ब्याड टच' गरी अपशब्द बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई शनिबार साँझ नियन्त्रणमा लिएको हो।  कलंकी निवासी साहले भदौ १८ गते ठमेलमा पैदल हिँडिरहेकी युवतीलाई ‘ब्याड टच’ गरी अपशब्द बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

भिडियोमा लामो कपाल भएका साहले प्रहरीबाट बच्न पक्राउ पर्ने बेला आफ्नो कपाल छोटो बनाएर हुलिया परिवर्तन गरेका थिए। प्रहरीले उनलाई शंकास्पद रूपमा नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान अघि बढाएको छ।