logo-image

सोमबार, १५ भदौ २०८३

कप्तानगञ्ज घटनाः गृहमन्त्री नआउँदासम्म शव नबुझ्ने रवीन्द्र मेहेताको परिवारको अडान

मङ्गलबार, १९ साउन २०८३ · समसामयिक

कप्तानगञ्ज घटनाः गृहमन्त्री नआउँदासम्म शव नबुझ्ने रवीन्द्र मेहेताको परिवारको अडान

काठमाडौं, साउन १९ ।  सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा काठमाडौँमा मृत्यु भएका रवीन्द्र मेहेताको शव बिनासम्झौता संकलन नगर्ने अडान परिवारले लिएको छ ।

परिवारका सदस्यहरूले गृहमन्त्री स्वयं अस्पतालमा आएर आफ्ना माग सम्बोधन गर्नुपर्ने र त्यसपछि मात्र शव बुझ्ने बताएका छन्। उनीहरू हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयू बाहिर बसेका छन् भने अन्य आफन्तहरूको उपस्थिति पनि बढ्दै गएको छ। सरकारले माग सम्बोधन नगरेसम्म अस्पताल नछोड्ने उनीहरूको भनाइ छ।

२२ वर्षीय मेहेताको मंगलबार बिहान उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो।

यसअघि सोही घटनामा मृत्यु भएका अन्य तीन जनाका परिवारसँग सरकारले सहिद घोषणा, आर्थिक सहायता तथा परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउनेलगायत विषयमा सहमति गरेको थियो। रवीन्द्र मेहेताको परिवारले पनि सोही प्रकृतिको सहमति भएपछि मात्र शव अन्त्येष्टिका लागि लैजाने अडान कायम राखेको जनाएको छ।