शनिबार, ३१ असोज २०८३
मङ्गलबार, ०९ असार २०८३ · समसामयिक
काठमाडौं, असार ९ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालत पेस गर्ने तयारी गरिएको छ। सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई आज काठमाडौँ ल्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर गराइएको थियो।
विभागमा करिब दुई घण्टाको बयान र कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई अदालत लैजान लागिएको हो। विभागका अनुसार शंकास्पद सेयर कारोबार र सम्पत्तिको स्रोतबारे अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको हो। अनुसन्धानकै क्रममा विभागले उनको निवासमा समेत छापा मारिसकेको छ।