बिहिबार, १५ असोज २०८३
बिहिबार, १५ असोज २०८३ · खेलकुद
काठमाडौं, असोज १५ । पदक आशा गरिएकी नेपाली जुडो खेलाडी पुनम श्रेष्ठ २० औं एशियाली खेलकुदमा पहिलो चरणमा पराजित भएकी छन् ।
आइची अन्तर्राष्ट्रिय एरिनामा भएको महिला ७० केजीमूनीको खेलमा पुनम भारतीय प्रतिद्वन्दी ताखेललाम्बाम इनुन्गान्बीसँग इप्पोनको आधारमा पराजित भइन् । उनी १३ औं दक्षिण एशियाली खेलकुदकी स्वर्ण विजता हुन् । नेपाली जुडोको सबैभन्दा अनुभवी खेलाडी भएकाले उनीबाट यस एसियाली खेलकुदमा राम्रो आशा गरिएको थियो । तथापी आशाअनुरुप उनले प्रदर्शन गर्न सकिनन् । झन्डै दुई वर्ष भन्दा लामो समय चोटपछि पुनम खेलमा फर्किएकी थिइन् । रिकभरीपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी पुनमले राम्रो गर्न सकिनन् । भारतीय खेलाडी इनुन्गान्बी ४५ औं वरीयता प्राप्त खेलाडी हुन् । चोटका कारण मैदान बाहिर रहेकी पुनमको भने वरीयता थिएन । उनीसककंगै नेपाली जुडोका कुनैपनि खेलाडी जारी एशियाली खेलकुदमा एउटा पनि खेल जित्न सकेनन् । नेपालबाट सहभागी भएको ७ मध्ये ५ विधामा पराजित भएको छ ।
बुधवार महिला ४८ केजीमूनीको प्रतिस्पर्धामा निशा श्रेष्ठ, ५२ केजीतर्फको महिला प्रतिस्पर्धामा देवकी माया श्रेष्ठ, पुरुषतर्फको ६६ केजीमूनी विशेष विक र ६६ केजीमूनी विकास विक पराजित भएका भएका थिए ।
नेपालको सुजन गुरुङले शुक्रवार ९० केजीमूनी प्रतिष्पर्धा गर्दैछन् । मिक्स टिमतर्फ पनि नेपालले आफ्नो चुनौती प्रश्तुत गर्नेछ । नेपाली टोलीको प्रशिक्षकमा सुनिता मगर ताम्राकार छिन् ।
सशस्त्र प्रहरीद्वारा सिरहाबाट ११ सय किलो गांजा बरामद
एक घण्टा अगाडि
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
एक घण्टा अगाडि