आइतबार, २८ भदौ २०८३
शुक्रबार, २६ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ २६ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएका बेला उपभोक्तालाई महँगो मूल्यमा ग्यास बेचेर ठगी गर्नेहरूविरुद्ध प्रहरीले निगरानी र कारबाही तीव्र पारेको छ।
ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको जनगुनासो बढेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँका विभिन्न स्थानमा अनुगमन र छापा मार्ने क्रम बढाएको हो।
सोही क्रममा प्रहरी टोलीले तीनकुनेस्थित गैरीगाउँबाट दुई वटा ठूला ट्रकमा लोड गरी राखिएका नेपाल ग्यासका ७०५ वटा सिलिन्डर नियन्त्रणमा लिएको छ।
यस्तै, उपभोक्तासँग प्रतिसिलिन्डर २ हजार ७५० रुपैयाँसम्म असुल गरी कालोबजारी गरेको आरोपमा सुन्धारास्थित ‘जय श्री बालाजी ग्यास स्टोर’का सञ्चालक दिनेश लुइँटेल पक्राउ परेका छन्। नियन्त्रणमा लिइएका लुइँटेलमाथि थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।