logo-image

सोमबार, १५ असार २०८३

पूर्वमन्त्री विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अनुमति

सोमबार, १५ असार २०८३ · समसामयिक

पूर्वमन्त्री विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं,  असार १५ । विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले आज उक्त म्याद थपको निर्णय गरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धानका सिलसिलामा गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई यसअघि असार ९ गते पहिलो पटक ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।

 उक्त म्याद सकिएपछि प्रहरीले अनुसन्धान कार्य नसकिएको भन्दै पुनः म्याद थपका लागि अदालतमा पेस गरेबमोजिम अदालतले थप तीन दिन हिरासतमा राख्न स्वीकृति दिएको हो।