शुक्रबार, १९ असार २०८३
शुक्रबार, १९ असार २०८३ · समसामयिक
बैतडी, असार १९ । बैतडीको पाटन नगरपालिका–९ गैराखानस्थित दशरथचन्द राजमार्गमा यात्रुबाहक बस दुर्घटना भएको छ । धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३९६३ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो ।
दुर्घटनामा चालकसहित १७ जना घाइते भएका छन् । घाइतेहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घटनास्थलमा अहिले स्थानीय र प्रहरी टोलीबाट घाइतेहरूको उद्धार कार्य भइरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन भने घटनाको थप विवरण आउन बाँकी छ ।