शुक्रबार, १९ असार २०८३
शुक्रबार, १९ असार २०८३ · समसामयिक
काठमाडौं, असार १९ । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी आएपछि आजदेखि काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार मेलम्ची नदीको मुहानमा पानी अत्यधिक धमिलो भएकाले सुन्दरीजलस्थित केन्द्रमा प्रशोधन प्रक्रिया जटिल बनेको छ। प्राविधिक कठिनाइकै कारण मुहानबाट सुन्दरीजलतर्फ आउने पानीको प्रवाह रोक्नुपरेको केयूकेएलले जनाएको छ।
नदीको पानी सफा हुनासाथ प्रशोधन सुरु गरेर पूर्वनिर्धारित तालिका अनुसार उपत्यकामा वितरण थालिने छ। यद्यपि, मुहान क्षेत्रमा निरन्तर वर्षा भइरहेमा काठमाडौँमा पानी आपूर्ति सुचारु गर्न केही समय लाग्न सक्ने केयूकेएलले उल्लेख गरेको छ।