बिहिबार, १४ साउन २०८३
बिहिबार, १४ साउन २०८३ · समसामयिक
सिरहा, साउन १४ । सिरहाको गोलबजारमा बिहीबार प्रदर्शनका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका–स्थित तुलसीपुरका करिब १८–१९ वर्षीय गणेश यादव रहेका छन्।
घटनापछि प्रदर्शनकारीहरूले प्रहरीले गोली चलाएको आरोप लगाएका छन्। तर प्रहरीले भने आफूहरूले गोली नचलाएको दाबी गर्दै भीड नियन्त्रणका लागि आवश्यक सुरक्षा उपाय मात्र अपनाइएको जनाएको छ। मृत्युको विरोधमा प्रदर्शनकारीहरूले गणेश यादवको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन्। उनीहरूले सुरक्षाकर्मीलाई शव उठाउन दिएका छैनन्।
प्रहरीका अनुसार घटनाका क्रममा अर्का एक जना घाइते भएका छन्। गोली कसबाट चल्यो र घटनाको वास्तविक कारण के हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।