सोमबार, १५ भदौ २०८३
सोमबार, १५ असार २०८३ · समसामयिक
भक्तपुर, असार १५ । सूर्यविनायक नगरपालिका-९ नंखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३१ वर्षीय राजेश वनमालालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।