logo-image

बिहिबार, २९ असोज २०८३

१० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन, मलेसिया र साउदीका लागि प्रश्तावित राजदुतको नाम अस्वीकृत

बिहिबार, २९ असोज २०८३ · राजनीति

१० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन, मलेसिया र साउदीका लागि प्रश्तावित राजदुतको नाम अस्वीकृत

 

काठमाडौं, असोज २९ ।   संसदीय सुनुवाई समितिले विभिन्न १० देशका लागि सिफारिस गरिएका राजदूतका नाम अनुमोदन गरेको छ ।

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले भारत, चीन, संयुक्त राज्य अमेरिका लगायत १० देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । समिति सभापति बोधनारायण श्रेष्ठकाअनुसार अनुमोदित नामहरूमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर राणा, जर्मनीका लागि सरू जोशी रहनुभएका छन् ।

त्यसैगरी इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, ओमानका लागि डा. पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्राध्यापक डा. संगम श्रेष्ठ र श्रीलंकाका लागि डा. मञ्चलाकुमारी झा अनुमोदित हुनुभएको सभापति श्रेष्ठले बताउनु भयो ।

मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत
समितिले मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेल र साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम अस्वीकृत गरेको छ । असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले १३ देशका लागि राजदूत सिफारिस गरेको थियो ।