बिहिबार, २९ असोज २०८३
बिहिबार, २९ असोज २०८३ · राजनीति
काठमाडौं, असोज २९ । विवादित अडियो प्रकरणमा तानिएका रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको केन्द्रीय अनुशासन आयोगमा आफ्नो लिखित स्पष्टीकरण बुझाएका छन्।
आयोगलाई बुझाएको जवाफमा उनले सार्वजनिक अडियोसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आरोप अस्वीकार गरेका छन्। यसअघि उनले सामाजिक सञ्जालमार्फत एआईको दुरुपयोग गरी आफ्नो चरित्रहत्या गर्न खोजिएको दाबी गरेका थिए।
महिलामाथि धम्की र ब्ल्याकमेलिङको अडियो बाहिरिएपछि रास्वपाले छानबिन थालेको हो। आयोगका अनुसार लिखित जवाफ आएसँगै अब प्राविधिक परीक्षण र प्रमाण संकलनसहित दोस्रो चरणको सूक्ष्म अनुसन्धान अघि बढाइएको छ।