logo-image

शनिबार, ३१ असोज २०८३

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजी गर्दा भेटिएनन् मानिस

सोमबार, १५ भदौ २०८३ · समसामयिक

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजी गर्दा भेटिएनन् मानिस

 

रसुवा, भदौ १५ । भोटेकोशी नदीमा बाढी आएपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र गरिएको खोजी कार्यमा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धारकर्मीहरू खोजीमा परिचालन भएका थिए।

उद्धार टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर ड्रोनसमेत प्रयोग गरी विस्तृत खोजी गरेको थियो। तर, खोजीका क्रममा सुरुङभित्र मानवीय उपस्थिति फेला नपरेको सेनाले जनाएको छ।

सुरुङभित्र कोही पनि व्यक्ति नरहेको पुष्टि भएपछि खोजी कार्य सम्पन्न गरिएको हो। त्यसपछि नेपाली सेनाको टोली रसुवाको धुन्चे फर्किएको छ।

भोटेकोशीमा आएको बाढीपछि आयोजनाको क्षेत्रमा क्षति पुगेको आशंकासँगै सुरुङभित्र कामदार फसेको हुन सक्ने भन्दै खोजी तथा उद्धार अभियान सञ्चालन गरिएको थियो।