logo-image

मङ्गलबार, १३ असोज २०८३

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते खुलामञ्चमा

मङ्गलबार, १३ असोज २०८३ · राजनीति

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते खुलामञ्चमा

 

काठमाडौं, असोज १३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ।

पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरबाट कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका, नगरपालिका, प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनहरू जारी छन्।

देशका विभिन्न स्थानमा परेको भारी वर्षा र त्यसबाट सिर्जित असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै सम्पन्न हुन बाँकी रहेको पार्टीले जनाएको छ।

यस्तो परिस्थितिलाई ध्यानमा राख्दै कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोह भने असोज १८ गते निर्धारित समयमै खुलामञ्चमा गर्ने निर्णय गरेको हो।