बुधबार, ३१ असार २०८३
बुधबार, ०३ असार २०८३ · अर्थ
काठमाडौ असार ३ । नेपालले भारतीय आप र केरामा प्रतिबन्ध लगाएपछि भारतले पनि त्यसको जवाफमा कानुननै बनाएर नेपाली चियाको आयातमा प्रतिबन्ध लगाएको छ । भारतीय ब्यापारीले अहिले नेपालको चिया आयात गर्न छाडेका छन् ।
भारतीय ब्यापारीले चिया आयात गर्न छाडेपछि नेपालका चिया उद्योग समस्यामा परेका छन् ।
१८ वैशाखदेखिमा भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गरेको छ । जसका आधारमा भारतीय आयातकर्ताले अहिले नेपालबाट गएको हरेक चियाको ट्रक परिक्षण गराउनुपर्ने भएको छ । समयमै यस्तो परिक्षणको रिपोर्ट समयमा नआएपछि नेपालबाट भारत गएको चियाँको थुप्रो लाग्ने गरेको छ । यसरी चिया बिक्री हुन छाडेपछि भारतीय ब्यापारीले आयात गर्न थालेका हुन् ।
कृषि मन्त्रालयका अधिकारीहरुका अनुसार यो गैर भन्सार अवरोध हो ।
अहिले कोलकाता पुगेका आधा दर्जनभन्दा बढी ट्रकबाट नमुना संकलन गरिएको एक साताभन्दा बढी भइसक्दा पनि अधिकांशको प्रतिवेदन आएको छैन। करिब ५० हजार किलो नेपाली चिया अहिले भारतीय गोदाममै थन्किएको छ। नेपालमा वार्षिक करिब २ करोड ६० लाख किलो चिया उत्पादन हुनेनेपालले अर्थोडक्स चियाको झन्डै ९० प्रतिशत भारत निर्यात गर्छ, जसले गर्दा नेपाल चिया व्यापारका लागि छिमेकी देश भारतमा पूर्ण रूपमा निर्भर छ । तेस्रो मुलुकका बजारमा निकै सानो हिस्सा मात्र नेपाली चिया पुग्ने गर्छ। नेपालले वार्षिक ७ हजार ८ सय ३८ टन अर्थोडक्स चिया उत्पादन गर्छ । तेस्रो मुलुकमा हुने निर्यात कुल अर्थोडक्स चिया निर्यातको ११.४ प्रतिशत मात्र छ।
तर प्रांगारिक प्रमाणित अर्थोडक्स चिया भने कुल उत्पादनको २१.६३ प्रतिशत समुद्रपारका बजारमा पुग्ने गरेको छ । चालु आर्थिक वर्षमा चिया निर्यात पहिले नै ओरालो लागिरहेको छ । चालु आर्थिक वर्षको पहिलो १० महिना (जेठ मध्यसम्म) मा नेपालले ३.३५ अर्ब रुपैयाँ बराबरको ११ हजार ३ सय ९३ टन चिया निर्यात गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ । यो गत वर्षको सोही अवधिमा भएको ३.९७ अर्ब रुपैयाँ बराबरको १४ हजार ३० टनको तुलनामा कम हो। गत आर्थिक वर्षमा नेपालले ४.५९ अर्ब रुपैयाँ बराबरको १५ हजार ५ सय ९८ टन चिया निर्यात गरेको थियो।