logo-image

बिहिबार, २१ जेठ २०८३

विज्ञहरुको पर्याप्त सुझाव नलिइ राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई अगाडि बढाउन सकिँदैनः मन्त्री पोखरेल

बिहिबार, २१ जेठ २०८३ · समसामयिक

विज्ञहरुको पर्याप्त सुझाव नलिइ राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई अगाडि बढाउन सकिँदैनः मन्त्री पोखरेल

काठमाडौं, जेठ २१ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ लाई विज्ञहरुको पर्याप्त सुझाव नलिई अगाडि बढाउन नसकिने बताउनुभएको छ ।
बिहीवार सिंहदरवारमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले यस्तो भनाई राख्नु भएको हो । मन्त्री पोखरेलले उक्त विधेयकका सम्बन्धमा विज्ञहरुको पर्याप्त सुझाव आवश्यक भएकाले त्यसका लागि आवश्यक समयसहितको छलफलको व्यवस्था गर्न पनि संसदीय समितिलाई आग्रह गर्नुभयो । उहाँले उक्त विधेयकको दफादफा अध्ययन गरेर त्यसलाई समृद्ध पनि सांसदहरुको पनि ध्यानाकर्षण गराउनु भयो । उक्त विधेयकमा कुनै पनि छिद्र नरहने गरी छलफल गरेर मात्रै अघि बढनुपर्ने मन्त्री पोखरेलको भनाई थियो ।
उहाँले भन्नुभयो,‘यो विधेयकको समितिमा दफावार छलफल हुन पनि बाँकि नै छ । त्यो दफावार छलफलमा अझ माननीयजीहरुले यसमा के आवश्यक पर्छ, त्यो संशोधन पनिका पनि अध्ययन गरेर आउन पनि सबै जनालाई अनुरोध पनि गर्दछु । र त्यो दफावार छलफल भएको बेलामा म समितिका सभापतिज्यू, सचिवज्यूलाई के आग्रह गर्दछु भने एक्सपर्टहरुलाई पनि त्यो दिन आएर आफना कुराहरु राख्नका लागि व्यवस्था मिलाई दिनु होला । उहाँहरुको तर्फबाट पनि कुरा सुनेर उहाँहरुको एक्पटिजलाई पनि राखेर त्यसलाई अझ अगाडी बढाउनुपर्ने हुन्छ । एक दिनमा भ्याईएन भने कति दिन आवश्यक पर्छ ? एकै दिनमा सबै कुरा टुंग्याउन पनि आवश्यक छैन । यसलाई दफादफामा राम्रोसँग छलफल गरेर कुनै पनि लुपहोल त्यहाँ नरहने गरी एउटा राम्रो विधेयक बनाएर मात्रै त्यसलाई यताबाट अगाडि बढाउन पनि आग्रह गर्दछु ।’
मन्त्री पोखरेलले विज्ञान र प्रविधिको क्षेत्रमा विज्ञहरुको सुझाव महत्वपूर्ण हुने भएकाले सरकारले त्यसमा विशेष ध्यान दिएको पनि स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल