बिहिबार, ०७ साउन २०८३
बिहिबार, ०७ साउन २०८३ · समसामयिक
काठमाडौं, साउन ७ । बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–७ बस्ने मृगेन्द्र नाथ रिमाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त कसुरमा संलग्न रही फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–७ सिफलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।