logo-image

शनिबार, ३१ असोज २०८३

सांसद सृष्टिको कार स्टन्ट भाइरल: हर्क साम्पाङलाई जरिवाना बुझाउने ट्राफिक प्रहरी अब के गर्छ?

मङ्गलबार, ०२ असार २०८३ · समसामयिक

सांसद सृष्टिको कार स्टन्ट भाइरल: हर्क साम्पाङलाई जरिवाना बुझाउने ट्राफिक प्रहरी अब के गर्छ?

काठमाडौं, असार २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सृष्टि भट्टराई गुडिरहेको कारको झ्यालबाट शरीर बाहिर निकालेर असुरक्षित यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै चौतर्फी आलोचना सुरु भएको छ।

फेसबुक लगायतका सञ्जालमा सार्वजनिक पदमा रहेका जिम्मेवार व्यक्तिबाटै सडक सुरक्षाको धज्जी उडाइएको भन्दै सर्वसाधारणले तीव्र आक्रोश पोखेका छन्। प्रयोगकर्ताहरूले यसअघि धरानका मेयर हर्क साम्पाङलाई सवारी नियम उल्लङ्घनको कसुरमा ट्राफिक प्रहरीले जरिवाना तिराएको नजिर सम्झाउँदै सांसद भट्टराईलाई पनि समान कानुनी कारबाही गर्न माग गरेका छन्।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार यसरी लापरबाहीपूर्वक र असुरक्षित यात्रा गर्नु गैरकानुनी हुने र यसमा जरिवानाको स्पष्ट व्यवस्था रहेकाले नियम मिच्ने भीआईपीमाथि ट्राफिक प्रहरीले चाल्ने कदमलाई चासोका साथ हेरिएको छ।