logo-image

शनिबार, ३१ असोज २०८३

सांसद बब्लु गुप्ताले गुडिरहेको मोटरसाइकलमा भिडियो बनाएपछि तिरे जरिवाना

शुक्रबार, ०८ साउन २०८३ · समसामयिक

सांसद बब्लु गुप्ताले गुडिरहेको मोटरसाइकलमा भिडियो बनाएपछि तिरे जरिवाना

लहान,  साउन ८ । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले जरिवाना गराएको छ।

सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद गुप्ताले जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैं ५ सय रुपैयाँ जरिवाना बुझाएका हुन्।

सार्वजनिक पदमा बसेर ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो गल्ती स्वीकार गर्दै सार्वजनिक रूपमा क्षमायाचनासमेत गरेका छन्। बाल्यकालको सम्झनामा रमाइलो गर्ने क्रममा उक्त गल्ती हुन पुगेको बताउँदै सांसद गुप्ताले आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।