logo-image

बिहिबार, १४ जेठ २०८३

बजेटबारे रणनीति तय गर्न नेपाली काँग्रेस संसदीय दलको बैठक शुरु

बिहिबार, १४ जेठ २०८३ · समसामयिक

बजेटबारे रणनीति तय गर्न नेपाली काँग्रेस संसदीय दलको बैठक शुरु

काठमाडौं, जेठ १४ । संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रश्तुत हुनुपूर्व आफ्नो रणनीति तय गर्न नेपाली काँग्रेस संसदीय दलको बैठक शुरु भएको छ । 

बिहीवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक शुरु भएको हो । बैठकमा मुख्यतया आगामी बजेट अधिवेशनमा पार्टीले निर्वाह गर्ने भुमिका र सदनमा प्रश्तुत हुने विषयहरूमा विस्तृत छलफल हुने बताइएको छ । नेपालको संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गरिँदैछ । बजेट भाषणको अघिल्लो दिन बस्न लागेको यस बैठकलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ ।

 बैठकमा समसामयिक राजनीतिक अवस्था र संसदमा पार्टीले अवलम्वन गर्ने रणनीतिका बारेमा समेत सदस्यहरूबीच विचार विमर्श हुने संसदीय दलले जनाएको छ । 

ताजा समाचार