logo-image

बिहिबार, ११ भदौ २०८३

प्रधानमन्त्री बालेन्द्र शाह सडकमार्ग हुँदै बाढी प्रभावित नुवाकोटतर्फ

बिहिबार, ११ भदौ २०८३ · समसामयिक

प्रधानमन्त्री बालेन्द्र शाह सडकमार्ग हुँदै बाढी प्रभावित नुवाकोटतर्फ

काठमाडौं, भदौ ११ ।  रसुवा र नुवाकोटमा भोटेकोशीको बाढीले क्षति पुर्‍याएपछि स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' आज बिहान सडकमार्ग हुँदै नुवाकोटको विदुर प्रस्थान गरेका छन्।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित निस्किएका प्रधानमन्त्री शाहले विदुर र आसपासका प्रभावित बस्तीको प्रत्यक्ष अवलोकन गर्नेछन्। 

निरीक्षणका क्रममा उनले स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गरी आवश्यक निर्देशन दिनेछन्।

 

ताजा समाचार