logo-image

बिहिबार, ३२ असार २०८३

रवि लामिछानेको मुद्दा अपडेट: आज सुनुवाइ सकिएन, भोलि फेरि हुने

सोमबार, ०९ चैत २०८२ · समसामयिक

रवि लामिछानेको मुद्दा अपडेट: आज सुनुवाइ सकिएन, भोलि फेरि हुने

 

काठमाडौं, चैत्र ९ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर भएको मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ सोमबार 'हेर्दाहेर्दै' मा सकिएको छ। लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा आज भएको सुनुवाइ समय अभावका कारण नटुङ्गिएपछि यसलाई 'हेर्दाहेर्दै' मा राखिएको हो। अब यस मुद्दाको बाँकी सुनुवाइ भोलि (मंगलबार) सोही इजलासमा हुने सर्वोच्च प्रशासनले जनाएको छ। 

ताजा समाचार