logo-image

सोमबार, १८ जेठ २०८३

काठमाडौँ महानगरको कक्षा ११/१२ छात्रवृत्ति परीक्षाको नतिजा प्रकाशन, १४ हजार ५७ जना उत्तीर्ण

सोमबार, १८ जेठ २०८३ · समसामयिक

काठमाडौँ महानगरको कक्षा ११/१२ छात्रवृत्ति परीक्षाको नतिजा प्रकाशन, १४ हजार ५७ जना उत्तीर्ण

 

काठमाडौं, जेठ १८ । काठमाडौँ महानगरपालिकाले लिगेको कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाको नतिजा आज (आइतबार) प्रकाशन गरेको छ। हिजो जेठ १७ गते सञ्चालन भएको परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थीहरू उत्तीर्ण भएका छन्।

छात्रवृत्ति परीक्षा समितिको आज बसेको बैठकको निर्णय अनुसार परीक्षामा न्यूनतम ४० प्रतिशत (४० अङ्क) हासिल गर्ने उम्मेदवारहरूको प्रारम्भिक योग्यता क्रम सहितको नतिजा सार्वजनिक गरिएको हो। यो छात्रवृत्ति महानगरपालिका भित्र सञ्चालित संस्थागत (निजी) शिक्षण संस्थाहरूमा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ अध्ययन गर्नका लागि प्रदान गरिनेछ।

विद्यार्थीहरूले आफूले अनलाइन फाराम भरेको पोर्टल (महानगरको आधिकारिक वेबसाइट) मा गएर निम्न विवरण राखी आफ्नो स्कोर कार्ड हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाइएको छ ।