बिहिबार, ३२ असार २०८३
बिहिबार, १८ असार २०८३ · समसामयिक
काठमाडौं, असार १८ । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। कञ्चनपुर जिल्ला अदालतको फैसला कार्यान्वयनका क्रममा प्रहरीले उनलाई बिहीबार भीमदत्त नगरपालिका–१८ कटानबाट नियन्त्रणमा लिएको हो।
जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले गालीबेइज्जती कसुरमा भण्डारीलाई दोषी ठहर गर्दै एक महिना कैद सजाय सुनाएको थियो। सोही फैसला कार्यान्वयनका लागि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले जानकारी दिए।
निर्मला पन्त हत्या प्रकरणमा आफूलाई तथ्यहीन रूपमा जोडेर समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्टका छोरा र पत्रकार किरण बिष्टले भण्डारीविरुद्ध मुद्दा दायर गरेका थिए। वि.सं. २०७५ साउनमा भएको निर्मला पन्त बलात्कार तथा हत्या काण्डका वास्तविक दोषी हालसम्म पनि पहिचान हुन सकेका छैनन्।