बिहिबार, १४ साउन २०८३
बिहिबार, १४ साउन २०८३ · समसामयिक
जनकपुरधाम, साउन १४ । प्रदर्शन नियन्त्रण बाहिर गई स्थिति उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र बिहीबार दिउँसो ३:३० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि लागू गरिएको यो कर्फ्यू जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण भू-भागका साथै छिमेकी लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिकाका तोकिएका संवेदनशील क्षेत्रहरूमा समेत प्रभावकारी रहनेछ। स्थानीय प्रशासनले कर्फ्यू अवधिभर अनुमतिविना आवतजावत गर्न, भेला हुन वा कुनै पनि किसिमको प्रदर्शन नगर्न सर्वसाधारणलाई सूचित गरेको छ।
