मङ्गलबार, ०५ साउन २०८३
मङ्गलबार, ०५ साउन २०८३ · समसामयिक
काठमाडौं, साउन ५ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१, ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा कारभित्रै जलेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ। मृत्यु हुनेमा सोही कारका धनी ७० वर्षीय सुरेशचन्द श्रेष्ठ रहेको काठमाडौँ प्रहरीले जनाएको छ।
मङ्गलबार बिहान बा ५ च ३०३८ नम्बरको किया ब्राण्डको कारमा अचानक आगलागी भएको थियो। आगलागी हुँदा कारका दुवै ढोका खुला भए तापनि उनी बाहिर निस्कन नसक्दा कारभित्रै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ। प्राविधिक टोलीसहित घटनास्थल पुगेको प्रहरीले गाडीमा भएको शंकास्पद आगलागीको कारण पहिल्याउन थप गहन अनुसन्धान थालेको जनाएको छ।